अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ आमाबुबा बन्ने भएका छन्। दुवैले सामाजिक सञ्जालमार्फत आफूहरू आमाबाबु बन्न लागेको जानकारी दिएका हुन्।
दुईजनाको तस्बिर रहेको पोस्टमा अंग्रेजीमा ‘ वी आर प्रेग्नेन्ट’ र ममड्याड लेखिएको छ। पोस्टसँगै क्याप्सनमा लेखिएको छ, 'हाम्रो जीवनकै सुन्दर उपहार।'
उक्त पोस्टमा कलाकार तथा फ्यानहरूले दम्पतीलाई बधाई तथा शुभकामना दिइरहेका छन्।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका अनु र सविनले गत वर्ष असोजमा विवाहको खबर सार्वजनिक गरेका थिए। उनीहरू धेरै वर्षदेखि प्रेमसम्बन्धमा थिए।
15
Shares

प्रतिक्रिया