ad ad

कला


नेफ्टा अवार्डको १३औँ संस्करण अमेरिकामा

नेफ्टा अवार्डको १३औँ संस्करण अमेरिकामा

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १२:१४, काठमाडौँ

चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको १३औँ संस्करण अमेरिकामा हुने भएको छ। प्राविधिक संघले एक विज्ञप्तिमार्फत आगामी जेठ १३ मा नेफ्टा अवार्डको नयाँ संस्करण अमेरिकाको टेक्सासमा हुने जनाएको छ। 

नेफ्टा अवार्डका यसअघिका संस्करण मलेसिया, हङकङ, कतार, यूएईलगायत देशमा आयोजना गरिएका थिए। अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्म्स र यूएस खबर लगायतका संस्थासँग सहकार्य गर्दै छ।

अवार्ड समारोह आयोजनाका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने बताएको छ। केरोना महामारीका कारण नेफ्टाका केही संस्करण रोकिएका थिए। 

नेफ्टा अवार्डको यो संस्करणमा २०८९ सालभरि प्रदर्शनमा आएका फिल्मले प्रतिस्पर्धा गने पाउने छन्। ४२ विधामा वितरण गरिने अवार्ड अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले विदेशमा आयोजना गर्ने गरिएको संघका अध्यक्ष पुष्कर लामाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .