ad ad

ग्लोबल


युद्धबीच क्राइमियाको कर्च पुलमा पुगे भ्लादिमिर पुटिन

केहीबेर कार चलाए, पुनर्निर्माणमा जुटेका मजदुरसँग कुरा गरे
युद्धबीच क्राइमियाको कर्च पुलमा पुगे भ्लादिमिर पुटिन

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १२:२८, काठमाडौँ

रूस-युक्रेन युद्ध सुरु भएको नौ महिना बितिसकेको छ। गत १० अक्टोबरमा युक्रेनबाट आक्रमण गरि क्षतिग्रस्त बनाइएको क्राइमियाको कर्च पुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुगेका छन्। 

युक्रेनी आक्रमणमा क्षतिग्रस्त उक्त पुलमा सोमबार पुगेका रुसी राष्ट्रपतिले कार चलाउँदै बलियो राजनीतिक सन्देश दिएका छन्। 

सोमवार यस पुलको भ्रमण गर्दै उनले युक्रेनी आक्रमणबाट कुनै फरक नपरेको सन्देश दिएका हुन्। यो पुल रूसले सन् २०१४ मा कब्जा गरेको क्राइमियालाई रुससँग जोडे्छ। 

राष्ट्रपति पुटिनको भ्रमणको भिडिओ रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यममा गरिएको रिपोर्टिङ अनुसार पुटिन उक्त विष्फोटपछि चलिरहेको पुन:निर्माण अवलोकन गर्न पुगेका हुन्। 

यस पुलमाथि भएकव आक्रमणपछि रूसले कडा प्रतिक्रिया दिँदै युक्रेनमाथि कयौँ बम हमला गरेको थियो। १९ किलोमिटर लामो यो पुल रुसका लागि महत्वपूर्ण छ।

क्रेमलिनको तर्फबाट जारी गरिएको भिडिओमा पुटिनलाई मर्सिडिज कार चलाइरहेको देख्न सकिन्छ। समाचार अनुसार पुटिनले उक्त पुलमा केही समय पैदल यात्रा पनि गरे। 

उनले त्यहाँ निर्माण कार्यमा जुटेका मजदुरसँग पनि कुराकानी गरेका छन्। पुटिनको यो भ्रमणले पुलको महत्व थप पुष्टि गरेको छ। 

२४ फेब्रुअरीमा युक्रेनमाथि हमलापछि यसै पुलमार्फत रूसले क्राइमियामा आफ्नो सैन्य बल पठाइरहेको छ। क्राइमियादेखि नै रूस दक्षिणी युक्रेनको खेरासन र जेपोरिजियामाथि सजिलै कब्जा गर्न सफल भएको हो।

यो पुल रूसको टेलिकम्युनिकेशन सम्पर्क बनाउन पनि महत्वपूर्ण माध्यम बनेको छ।

रूसले सन् २०१४ मा युक्रेनी भूभाग क्राइमियामाथि कब्जा जमाएको थियो। त्यसपछि यस इलाकालाई रूससँग जोड्न समुद्रमाथि कर्च पुल बनाइएको हो। यस पुललाई क्राइमियामा रुसी कब्जाको प्रतीकका रुपमा पनि लिइन्छ।

गत ८ अक्टोबरमा रूसलाई क्राइमियासँग जो्ने कर्च पुलमा ठूलो विष्फोट भएको थियो। 

पुलमा भएको धमाकाको आवाज कयौँ किलोमिटरसम्म सुनिएको थियो। सामाजिक सञ्जालमा यसको भिडिओ भाइरल भएको थियो। 

भिडियोमा यो पुलको एउटा भाग समुद्रमा खसेको देख्न सकिन्छ। यस विष्फोटका कारण यात्रारत कयौँ मानिसको ज्यान गएको थियो। पुल ध्वस्त हुँदा रूसको आपूर्तिप्रणाली रोकिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .