किरण नेपालीले निर्माण गर्न लागेको फिल्म ‘हात्तिछाप’मा सौगात मल्ल अनुबन्धित भएका छन्।
सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्मको पछिल्ला केहिदिन यता निक्कै चर्चा छ। सौगात अघि फिल्ममा दयाहाङराई अनुबन्धित भैसकेका छन्। दयाले यहि फिल्मबाट आफ्नो पारिश्रमिक बढाएको भनेर फिल्मी बजार यतिबेला गर्माएको छ।
दयालाई फिल्ममा फाइनल गरेको दुईदिन पछि सौगात यो फिल्ममा भित्रिएका हुन्। फिल्मका निर्माता किरण नेपाली र सौगात मल्लबिच औपचारिक रुपमा सम्झौता भएको छ। यसअघि किरणले नै निर्माण गरेको फिल्म ‘दुई नम्बरी’मा सौगात र दया एकसाथ देखिएका थिए। यो फिल्म बक्स अफिसमा हिट साबित भएको फिल्म हो।
‘हात्तिछाप’को कथा प्रदीप भारद्धाजले लेखेका हुन्। सामाजिक कथाबस्तुमा निर्माण हुने यो फिल्म आगामी चैत्रबाट छायांकनमा जाने छ।
42
Shares

प्रतिक्रिया