राजनीति


एमालेबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको छैन : प्रचण्ड

एमालेबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको छैन : प्रचण्ड

फाइल तस्बिर।


नेपालखबर
पुस ४, २०७९ सोमबार १०:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ वर्ष प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेका छन्।

प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेबाट ५ वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव आएको भन्ने समाचारको खण्डन गरेका हुन्। 

‘बाहिर आएजस्तो औपचारिक र आधिकारिक कुरा भएको छैन,’ केपी शर्मा ओलीले ५ वर्ष तपाईंलाई सरकारको नेतृत्व दिने र आफूले पार्टीको काम गर्नेसम्मका कुरा आएका छन् नि भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने। 

उनले सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्ने कुरामा पनि सत्यता नभएको बताए। ‘यो कुरा जसरी बाहिर प्रचार भएको छ त्यस्तो स्थिति होइन। स्वभावैले निर्वाचन पछि सबै राजनीतिक दलहरुको बीचमा, नेताहरुको बीचमा छलफल चलेको छ,’ प्रचण्डले भने, ‘नयाँ आएका पार्टीहरुसँग पनि कुरा चलिराखेको छ। यो स्वाभाविक प्रक्रिया हो।’ 

उनले आफूले प्रधानमन्त्री पदका लागि दबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको पनि जिकिर गरे। ‘मैले प्रधानमन्त्री पदको निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै गरेको छैन,’ प्रचण्डले भने, ‘गठबन्धनको निम्ति, संविधानको निम्ति, निर्वाचनको निम्ति धेरै नेताहरुलाई प्रधानमन्त्री प्रस्ताव गरेको छु। आफैं प्रधानमन्त्रीको निम्ति।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad