नेकपा एमालेले आफ्ना उपाध्यक्ष विष्णु पौडेलको बिनासर्त रिहाइको माग गरेको छ।
गएराति अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध, पूर्वाग्रह र गैरकानुनी कदम ठहर गरेको छ।
एमाले सचिव महेश बस्नेतले भने, ‘बिनावस्तुगत तथ्य र प्रमाण केवल राजनीतिक उद्देश्यका साथ गरिएको यस कदमको राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ।’
साथै ‘बैठकले पौडेलको अविलम्ब बिनासर्त रिहाइको माग गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्न सम्पूर्ण पार्टी पंक्ति र न्यायप्रेमी जनसमुदायलाई आह्वान गरेको छ।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सोमबार सुर्खेतबाट पक्राउ गरिएका एमाले उपाध्यक्ष पौडेललाई मंगलबार विशेष अदालत (काठमाडौँ) ले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
यो पनि : ‘घर खानतलासी गर्न’ विष्णु पौडेल पत्नीलाई पत्र, प्रधानमन्त्री बालेनकै निर्देशनमा तत्काल पक्राउ
Shares

प्रतिक्रिया