बलिउड अभिनेत्री तारा सुतारिया ब्रेकअपको खबरले चर्चामा छिन्। ताराले प्रेमी आदर जैनसँग सम्बन्ध तोडेको खबर सार्वजनिक भएको छ। हुन त यी दुईले औपचारिक रुपमा आफुहरु प्रेममा रहेको स्वीकार गरेका थिएनन्।
तर ४ वर्ष यो जोडी डेटमा रमायो। दुबैले डेटमा रमाएका युगल तस्विर सामाजिक सञ्जालमा राख्दै आएका थिए। अहिले आएर यो जोडी अलग्गिएको खबर छ।
ई–टाइम्सको रिपोर्ट अनुसार तारा सुतारिया र आधार जैनको ब्रेकअप भएको छ। यो जोडीले आपसी सहमतिमा छुट्टिने निर्णय गरेको हो। ब्रेकअपपछि पनि आफुहरु असल साथी रहने तारा र आधारले बताएका छन्।
साना–ठूला सबैजसो कार्यक्रममा सँगै देखिने यो जोडी हिजोआज सँगै देखिएको छैन्। यी दुईको भेट साथी मार्फत भएको थियो। त्यसपछि यो जोडी प्रायः धेरै अवसरहरूमा सँगै देखियो। करिब ४ वर्ष एकअर्कालाई डेट गरेका थिए।
Shares

प्रतिक्रिया