सुशान्त सिंह राजपुतको मृत्युको साढे दुई वर्षपछि बान्द्रा वेस्टस्थित फ्ल्याट भाडामा लाग्ने भएको छ। सुशान्तको आत्महत्यापछि खाली रहेको यो फ्ल्याट लामो समय भाडामा लागेन। उनको यो फ्ल्याट हेर्नसमेत कोही नगएको खबर सार्वजनिक भइरहन्थे।
अहिले भने उनको उक्त फ्ल्याट भाडामा लिने व्यक्ति भेटिएको बताइएको छ। मुम्बईका घर जग्गा दलाल रफिक मर्चेन्टले एक व्यक्तिले मासिक ५ लाख भाडामा फ्ल्याट लिन राजी भएको बताएका छन्। ५ लाख भाडाबाहेक भाडामा लिने व्यक्तिले ३० लाख रुपैयाँ धरौटी पनि बुझाउनुपर्नेछ।
ब्रोकर रफिक मर्चेन्टले भनेका छन्, ‘हामीले भाडामा लिने व्यक्ति भेट्टाएका छौं। हामी परिवारसँग कुराहरू टुङ्ग्याउन वार्ता गरिरहेका छौं। वार्ता अन्तिम चरणमा पुगेको छ। मिडिया रिपोर्टका अनुसार फ्ल्याटको भाडा र ब्रोकरेज बाहेक भाडामा लिने व्यक्तिले ६ महिनाका लागि ३० लाख रुपैयाँ धरौटी पनि तिर्नुपर्नेछ।’
एक महिनाअघि फ्ल्याटको भिडिओ पोस्ट गर्दै रफिकले सुशान्तको बान्द्रा वेस्टको फ्ल्याट खाली रहेको र त्यो भाडामा लिने कोही नभएको बताएका थिए।
१४ जुन २०२० मा सुशान्त सिंह राजपुतले आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। सुशान्तको मृत्युपछि यो घर खाली छ। यस समुद्र किनारको अपार्टमेन्टमा चारवटा ठूला कोठा छन्। यसमा एउटा ठूलो हल र एउटा ड्राइंग कोठा छ। सुशान्तले यो फ्ल्याटका लागि हरेक महिना ४.५१ लाख भाडा तिर्ने गर्थे।
Shares

प्रतिक्रिया