समाज


काठमाडौँ उपत्यकामा आज यो वर्ष अहिलेसम्मकै कम तापक्रम

काठमाडौँ उपत्यकामा आज यो वर्ष अहिलेसम्मकै कम तापक्रम

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १०:८, काठमाडौँ

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो। 

महाशाखाकी मौसम बिनु महर्जनले यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम भएको जानकारी दिइन्। उनका अनुसार यसअघि उपत्यकाको सबैभन्दा कम न्यूनतम तापक्रम डिसेम्बर २८ तारिखका दिन ३.१ डिग्री सेल्सियस थियो। त्यसयता यो (३ डिग्री) नै यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो। 

आज सबैभन्दा कम न्यूनमत तापक्रम जुम्लामा देखिएको छ। महाशाखाको विवरणअनुसार त्यहाँ आज न्यूनतम तापक्रम माइनस पाँच दशमलव पाँच (–५.५) डिग्री सेल्सियस छ। 

यस्तो छ देशका १६ स्थानको तापक्रम? (नोट : अधिकतम तापक्रम भने हिजै बुधबारको हो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad