कला


साम्राज्ञीप्रति सन्तोषको कटाक्ष

साम्राज्ञीप्रति सन्तोषको कटाक्ष

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०७९ बुधबार ८:५३, काठमाडौँ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध चलचित्र निर्माता सन्तोष सेनले कटाक्ष गरेका छन्। उनले साम्राज्ञीको नाम नलिएरै फूर्ति नलगाउन सुझाव दिएका छन्।

फिल्म रिलिजका क्रममा साथ नदिएको भनेर साम्राज्ञीको आलोचना भइरहेका बेला सन्तोषले फिल्मलाई जन्माएर अलपत्र पार्ने काम केन्द्रमा रहेका कलाकारबाट भएको टिप्पणी गरेका हुन्। 

सेनले कलाकारको यस्तै प्रवृत्तिले नेपाली फिल्म क्षेत्र हिँड्न नसकेको आरोप पनि लगाएका छन्।

उनले लेखेका छन्, ‘एउटा चलचित्र हलसम्म आइपुग्दा ४००/५०० जना मानिसको दिमागसँगै मेहनत लाग्ने गर्छ। करोडौं पैसादेखि, वर्षौंको समय लगानी भएको हुन्छ। अन्तिम साससम्म आश हुन्छ भन्छन्। तर यहाँ जन्माएर अलपत्र छाडेर जाने कलाकार छन्, त्यो पनि मुख्य केन्द्रमा रहेका कलाकार। हाम्रो चलचित्र उद्योग बामे मात्र सर्दै छ, हिँड्न सकेको छैन। कसैले फूर्ति नलगाए पनि हुन्छ। लगानी फिर्ता आउने ०.५ प्रतिशत ग्यारेन्टी नहुँदा यत्रो चुनौती मोलेको अवस्थामा कम्तीमा प्रदर्शनको दुई–तीन दिन त साथ दिनुपर्छ, चिन्तित हुनुपर्छ। आत्मरतिमा रमाउन भन्दा पनि सिंगो क्षेत्रलाई अगाडि लिएर जानुपर्छ भन्ने सोच पालौं।’

साम्राज्ञीको अहिले फिल्म ‘तिम्रो मेरो साथ’लाई साथ नदिएको भन्दै आलोचना भइरहेको छ। उनी अर्को फिल्म ‘ह्यारीकी प्यारी’को प्रमोसनमा लागेकी छन्। यसै हप्ता प्रदर्शनमा आएको ‘तिम्रो मेरो साथ’ले दर्शकको पनि साथ पाएको छैन। रमेश एमके पौडेल निर्देशित यो फिल्म  रिलिज भएपछिको हल दौडाहा र विशेष शोमा साम्राज्ञी उपस्थित भइरहेकी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad