कला


सलमानका फ्यानलाई दोहोरो खुसी

सलमानका फ्यानलाई दोहोरो खुसी

नेपालखबर
माघ १०, २०७९ मंगलबार १०:२९, काठमाडौँ

बलिउड स्टार सलमान खानको फिल्म ‘किसी का भाइ किसकी जान’को टिजर भोलि जनवरी २५ मा रिलिज हुँदै छ। सलमान खानले आफ्नो सोसल मिडिया ह्यान्डलमार्फत यो जानकारी गराएका छन्। सलमानले फिल्मको पोस्टरको क्याप्सनमा आफ्नो फिल्म ‘किसी का भाइ किसकी जान’को टिजर २५ जनवरीमा ठूलो पर्दामा रिलिज हुने बताएका छन्। 

उनको फिल्म ‘पठान’ पनि यही मितिमा रिलिज हुँदै छ। फिल्म ‘पठान’ रिलिजकै दिन नयाँ फिल्मको टिजर रिलिज गर्ने उनको जानकारीले उनका फ्यान दोहोरो खुसीमा छन्। 

पठानसँगै उनको नयाँ फिल्मको टिजर रिलिज हुने छ। सलमानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा लेखेका छन्, ‘किसी का भाइ किसकी जान’, अब २५ जनवरीमा ठूलो पर्दामा हेरौँ।’

सलमानले पठानसँगै आफ्नो फिल्मको टिजर आउने वा नआउने भन्नेबारे जानकारी दिएका छैनन् तर सामाजिक सञ्जाल प्रयोगकर्ताले २५ तारिखका कारण दुवै सुपरस्टारको फिल्म र टिजर रिलिज हुने प्रबल सम्भावना रहेको अनुमान गरेका छन्। सँगै ट्रेड एनालिस्ट तरण आदर्शले पठानसँगै ‘किसी का भाइ किसकी जान’ को टिजर रिलिज हुने विश्वास व्यक्त गरेका छन्। 

सलमान खान इदको अवसरमा आफ्ना फिल्म रिलिज गर्ने अभिनेताका रुपमा परिचित नै छन्। इदको अवसरमा उनका १० वटा फिल्म रिलिज भएका छन्। रिलिज भएका दुई फिल्मबाहेक अरु सबै फिल्म बक्स अफिसमा ब्लकबस्टर भएका छन्।

‘एक था टाइगर, किक, बजरंगी भाइजान, सुल्तान’लगायत उनका फिल्म इदको अवसरमा रिलिज भएका थिए। सलमानको पछिल्लो इदमा रिलिज भएको फिल्म ‘भारत’ भने फ्लप भयो। सलमान पुनः इदको अवसरमा अर्को फिल्म रिलिजको तयारीमा छन्। 

फरहाद सामजीले निर्देशन गरेको एक्सन प्याक फिल्म ‘किसी का भाइ किसीकी जान’ फिल्ममा उनको कडा एक्सन देखिनेछ। यो फिल्म सन् २०२३ को इदमा रिलिज हुने छ। फिल्ममा सलमानका साथमा पूजा हेगडे र साउथ स्टार वेंकटेशले पनि शीर्ष भूमिका निर्वाह गरेका छन्। 

यो फिल्म सलमान खानको आफ्नै प्रोडक्सन हाउसले निर्माण गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad