पछिल्लो समय अभिनेता प्रदीप खड्काको राम्रै चर्चा छ। फिल्म ‘प्रकाश’मा उनले गरेको अभिनय र ‘प्रेमगीत’को सिरिजमा पाएको चर्चाका कारण प्रदीपको लोकप्रियता बढेर गएको छ। उनै प्रदीपले नयाँ फिल्ममा साइन गरेका छन्।
दीपक ओलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा प्रदीप अनुबन्ध भएका छन्। फिल्मको बुधबार थिम पोस्टर सार्वजनिक गरिएको छ।
एक्सेस नेपाल फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्ममा पूर्ण लामाले क्रियटिभ निर्देशकका रुपमा काम गर्ने छन्। फिल्मको कथा महेश दवाडीले लेखेका हुन्। स्क्रिप्ट, टिम र क्यानभास मन परेपछि फिल्ममा काम गर्न राजी भएको प्रदीपले बताएका छन्।
यो फिल्मको छायांकन नेपाल र ल्याटिन अमेरिकामा हुनेछ। चैत दोस्रो सातादेखि छायांकनमा जाने यो फिल्ममा प्रेम, रोमान्स र सस्पेन्स प्रस्तुत गर्ने निर्देशक ओलीले बताएका छन्।
सौरभ लामाको छायांकन रहने फिल्ममा एसडी योगी र एलिस कार्कीले संगीत भर्नेछन्। फिल्मका लागि नायिकाको खोजी भइरहेको पनि निर्देशक ओलीले बताएका छन्।
Shares
प्रतिक्रिया