लामो प्रतिक्षापछि प्रियंका चोपडाले आफ्नी छोरी मालतीको अनुहार सार्वजनिक गरेकी छिन्। प्रियंकाकी छोरीको अनुहार सहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
प्रियंकाले आफ्नी छोरीको भिडिओ इन्स्टाग्राममा सेयर गरेकी छिन्। भिडिओमा मालती आफ्नी आमाको काखमा रमाइलो गरिरहेकी छिन्।
प्रियंकाले एक कार्यक्रममा सहभागी हुन लस एन्जलस पुगेर आफ्नी छोरीको अनुहार पहिलोपटक सार्वजनिक गरेकी हुन्। उक्त कार्यक्रममा प्रियंकाका पति निक जोनस आफ्ना भाइ केभिन र जो जोनससँग स्टेजमा देखा परेका थिए।
जहाँ प्रियंका आफ्नी छोरीसँग पहिलो लाइनमा बसेकी थिइन्। कार्यक्रममा प्रियंका र निककी छोरी मालतीको निकै चर्चा भएको छ।
भिडिओ सार्वजनिक भएपछि फ्यानले मालतीलाई धेरै माया गरिरहेका छन्। धेरैले मालती निकको नक्कल भएको टिप्पणी गरेका छन्। बेबी मालतीलाई लिएर मानिसहरुले धेरै कमेन्ट गरेको देखिन्छ।
यस कार्यक्रममा सबैको ध्यान मालतीमा थियो। यही कारणले गर्दा उनका धेरै तस्विर क्यामेरामा कैद भएका छन्। अहिले मालतीका धेरै तस्विरहरु सामाजिक सञ्जाल र इन्टरनेटमा भाइरल भइरहेका छन्।
प्रियंका र निकले सन् २०१८ मा इसाइ र हिन्दु परम्परा अनुसार विवाह गरेका थिए। गत वर्ष मात्रै प्रियंका सरोगेसीको माध्यमबाट छोरीकी आमा बनेकी हुन्। उनले आफ्नी छोरीको तस्बिर सार्वजनिक गरेपनि यसअघि अनुहार सार्वजनिक गरेकी थिइनन्।
यसअघि उनले छोरीका अनुहार नदेखिने तस्बिर सार्वजनिक गर्दै आएकी थिइन्।
प्रतिक्रिया