लोक गायिका जानकी तारमी मगर नयाँ गीत लिएर आएकी छन्। मगरको ‘भेनाको जातैले’बोलको गीत बजारमा आएको हो। सार्वजनिक गीत गायनमा गायिका मगरलाई गायक सिद्धार्थ आले मगरले साथ दिएका छन्।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओमा श्याम राना, आरुषी मगर, विजय पुन (पथ्थरको मुटु) र सिर्जना मगरले अभिनय गरेका छन्।
भिडिओको निर्देशन राजकुमार मगरले गरेका छन् भने कोरियोग्राफी विजय बुढा मगरको छ।
प्रकाश खड्काले छायांकन गरेको भिडिओ सम्पादन राजकुमार मगरले गरेका छन्। सार्वजनिक गीतमा लय तथा शब्द जानकी तारमी मगरकै छ।
माघ १९, २०७९, बिहीबार
प्रतिक्रिया