ad ad

राजनीति


‘गृहमन्त्री र राष्ट्रपतिले सत्तारुढ दलहरुबीच समस्या ल्याउँदैन’

‘गृहमन्त्री र राष्ट्रपतिले सत्तारुढ दलहरुबीच समस्या ल्याउँदैन’

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १३:२२, काठमाडौँ

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनले सत्ता साझेदार दलहरुबीच खटपट नहुने प्रष्ट पारेका छन्।

धेरैले राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले समस्या ल्याउने बताइरहेका बेला ओलीले  यी दुई प्रकरणले सत्ता गठबन्धन र सरकार संकटमा नपर्ने प्रष्ट पारेका हुन्।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले भने, 'कुन कुन पार्टीले के के लिने भनेर सत्ता गठबन्धनभित्र भएको सहमति तपाईंहरुलाई थाहा छ। त्यसैअनुसार अगाडि जानुपर्छ। यो विषयमा कुनै समस्या पनि छैन। सत्तारुढ दलहरुबीच खटपट हुने जस्तो मलाई लाग्दैन।'

गृहमन्त्री यसअघि नै राष्टिय स्वतन्त्र पार्टीलाई दिएकाले सहमतिबाट दलहरु भाग्न भने नहुने  ओलीको भनाइ छ। 

ओलीले सत्ता पक्षबीच यसअघि भएको सहमतिविपरीत यदि रास्वपकालाई गृहमन्त्री नदिने, एकलौटी र छुट्टै निर्णय हुने भन्ने विषय आएको भए त्यसले समस्या निम्तिने बताए।

'प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्ण पाठ नआएकोले गहमन्त्री दिन इन्कार गर्नु भएको जस्तो देखिन्छ नि?', भनेर पत्रकारले राखेको जिज्ञासामा ओलीले भने, 'पाठ भइसक्यो, कण्ठ गर्ने हो र पूर्णपाठ? किन चाहियो, पूर्णपाठ?'

ओलीले राष्ट्रिय सहमतिको नाममा कांग्रेसले राष्ट्रपति मागेर राजनीतिक संस्कार नदेखाएको टिप्प्णी गरेका छन्।

तर उनले कांग्रेसले राष्ट्रपति हामीलाई दिनुपर्छ, हामीले पाउनु पर्छ भन्नु अनौठो नभएको बताए। 

उनले राष्ट्रपतिको उम्मेदवार अहिलेको सत्ता पक्षबाटै हुने पनि प्रष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .