राजनीति


सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाको दाबी, कांग्रेस–एमाले दुवैसँग छलफल

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाको दाबी, कांग्रेस–एमाले दुवैसँग छलफल

आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गर्नुअघि नेकपाले आन्तरिक बैठक गरेको थियो।


नेपालखबर
असार ३२, २०८३ बिहिबार १७:१६, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम संसदीय दलले मुख्यमन्त्रीमा दाबी गरेको छ। निर्णायक शक्तिका रुपमा रहेको नेकपाको बिहिबार बसेको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। 

सुदूरपश्चिम प्रदेशमा २२ सिट भएको नेकपा सबैभन्दा ठूलो पार्टी हो। ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अरू दलहरूसँग सहकार्य गर्ने निष्कर्षमा नेकपा पुगेको हो।

सुदूरपश्चिम प्रदेशमा १८ सांसदसहित कांग्रेस दोस्रो स्थानमा छ भने एमालेका ११ सांसद रहेका छन्। यसैगरी नागरिक उन्मुक्ति पार्टी ७ सांसद छन् भने माओवादी केन्द्रका ११ र एकीकृत समाजवादी ४ सिट र स्वतन्त्र १ जना सांसद छन्।

अन्य दलसँग संवाद गर्न भनेर नेकपाले संसदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा ५ सदस्यीय वार्ता कमिटी बनाइएको छ। 

जसमा उपनेता प्रकाश रावल, प्रमुख सचेतक खुशीराम चौधरी, पूर्वमन्त्रीहरू मानबहादुर धामी र रमेश धामी सदस्य छन्। वार्ता टोलीले कांग्रेस र एमाले दुवै पार्टीसँग छलफल र संवाद गर्नेछ। 

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा पनि मागेको छ।  एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेकोले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad