राजनीति


राजनीतिक प्रतिशोध लिन पक्राउ पूर्जी जारी भएको छ: अभिषेक प्रताप शाह

राजनीतिक प्रतिशोध लिन पक्राउ पूर्जी जारी भएको छ: अभिषेक प्रताप शाह

नेपालखबर
असार ३२, २०८३ बिहिबार १९:३९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले राजनीतिक प्रतिशोध लिन आफूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको बताएका छन्। 

बिहीबार जिल्ला अदालत, कपिलवस्तुबाट सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि भएको कुटपिटमा शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।  

त्यसलाई लिएर सांसद शाहले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएका छन्। पक्राउ पूर्जी जारी भएको जानकारी पाएको बताउँदै शाहले भनेका छन्, ‘कसैलाई सहयोग गर्न, बचाउन जाँदाको प्रतिफल मैले पाएको छु। यो केवल एउटा राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरूको षड्यन्त्र र प्रशासनलाई समेत गुमराह बनाई मेरो चरित्र हत्या गर्ने प्रपञ्चबाहेक अरु केही होइन।’

उनले कानुनी लडाइँ लड्ने बताएका छन्। यससँगै उनले कानुनी प्रक्रियामा पूर्ण रुपले सघाउने बताएका छन्। 

‘खाएको विष लाग्ने हो, लाग्नु पनि पर्छ तर न खाएको विष लाग्दैन। मलाई मेरो देश को संविधान कानुन र सम्मानित न्यायलयप्रति पूर्ण विश्वास छ,’ शाहले भनेका छन्, ‘केही दिनमा सत्यता बाहिर आउने नै छ। कानुनले निर्वाध रुपमा आफ्नो काम गरोस् म मेरो भागको कानुनी लडाइँ विधिसम्मत लड्ने नै छु र पूर्ण रूपमा कानुनी प्रक्रियामा सहयोग गर्न तयार छु।’

सांसद शाहले यसलाई लिएर कुनै पनि कानुनविपरीतका गतिविधि नगर्न आफ्न समर्थकलाई आग्रह गरेका छन्। ‘मलाई माया गर्ने मेरा साथीभाइ, शुभचिन्तक कार्यकर्ता साथीहरू कोही कसैले पनि कानुनभन्दा बाहिर कुनै पनि क्रियाकलाप नगर्न र धैर्य गर्न अपिल गर्दछु,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad