राजनीति


सरकारी कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य लगाउन परिपत्र

सरकारी कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य लगाउन परिपत्र

नेपालखबर
असार ३२, २०८३ बिहिबार १९:२५, काठमाडौँ

सरकारले देशभरका सरकारी कर्मचारीलाई अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउन परिपत्र गरेको छ। 

बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी निकायलाई परिपत्र गरेको हो। सबै मन्त्रालय, आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई पठाएको पत्रमा कार्यालय समयमा अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउन भनिएको छ। 

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक निकायमा कार्यरत कर्मचारीको पोशाक र परिचयपत्र परिपालन गराउन मन्त्रालयलाई असार २६ मा पत्र पठाएको थियो। त्यही पत्रका आधारमा मन्त्रालयले गरेको परिपत्रमा नेपाल सरकारले निजामती कर्मचारीका लागि तोकेको पोशाक र परिचयपत्र अनिवार्य लगायन भनिएके छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad