अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक दीपक ओलीले गर्भवती भूमिकाको अफर गरेका छन्। उनले नयाँ फिल्म ‘कामिनो’का लागि उक्त भूमिका अफर गरिएको हो।
दीपक ओलीको निर्देशनमा बन्ने उक्त फिलम चैत्र अन्तिमबाट छायांकनमा जाने छ। फिल्ममा अभिनेता प्रदीप खड्काले शिर्ष भूमिकामा अभिनय गर्नेछन्। फिल्ममा २ नायिका रहने छन्। दुई मध्ये एक नायिकाका लागि वर्षालाई अफर गरिएको हो।
वर्षाले फिल्मको अफर स्विकार गरेको खण्डमा गर्भवती महिलाको भूमिका निर्वाह गर्नुपर्नेछ। तर वर्षासँग सम्झौता भने भैसकेको छैन्। निर्माण पक्ष वर्षाको जवाफ कुरिरहेको छ।
महेश दवाडीले लेखिरहेको फिल्म मार्फत जोखिपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहने नेपालीको कथा समेट्ने बताइएको छ। एक्सेस नेपाल फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ल्याटिन अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिनेछ।
माघ १९, २०७९, बिहीबार
प्रतिक्रिया