एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिल कार्यालय काठमाडौँले पौडेलसहित १६ प्रतिवादीविरुद्ध पूरक अभियोग दर्ताको तयारी गरेको हो।
प्रतिवादीमा ६ जना व्यक्ति र १० वटा कम्पनी छन्। कम्पनीलाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाउन लागिएको हो।
सबै व्यक्तिको हकमा छुट्टाछुट्टै बिगो कायम गरिएको छ।
पौडेलको हकमा २० करोड ९० लाख बिगो दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा चलाउने तयारी गरेको हो।
उनको बैंक खातामा ६ लाख ३४ हजार ५४५ रूपैयाँ रहेको र उक्त रकम जफत गर्न माग गरिएको छ।
त्यस्तै शुभी अग्रवालविरुद्ध साढे १३ करोडको बिगो कायम गरिएको छ।
एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विभागले अनुसन्धान सकेर ३ दिनअघि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
Shares

प्रतिक्रिया