जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका कप्लान लियोनल मेसीले ‘गोल्डेन बुट’ को दौडमा फ्रान्सेली कप्ताल किलियन एम्बाप्पेलाई पछि पारेका छन्।
गएराति भएको इंग्ल्यान्डविरुद्धको खेलमा मेसीले दुई असिस्ट गरेसँगै उनी ‘गोल्डेन बुट’को दौडमा पनि शीर्ष स्थानमा आएका हुन्।
निकै रोचक सेमिफाइनल खेलमा मेसीकै असिस्ट मद्दतमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिना २०२२ को विश्वविजेता टोली हो।
जारी खेलको हालसम्म ८ गोल गरेका मेसीको असिस्ट संख्या ४ पुगेको छ।
जारी विश्वकपको पहिलो सेमिफाइनल खेलमा स्पेनसँग पराजित बनेको फ्रान्सेली कप्तान एम्बाप्पेको पनि गोलसंख्या ८ नै छ। तर, उनको असिस्ट संख्या ३ मात्रै छ।
मेसीले हालसम्म विश्वकपमा सर्वाधिक ३३ खेल खेल्दै २१ गोल गरेका छन्। जसमा उनको ११ असिस्ट पुगेको छ। २६ वर्षीय एम्बाप्पेले पनि विश्वकपमा हालसम्म २० गोल गरिसकेका छन्।
अब फ्रान्सले तेस्रो स्थानको लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ। मेसीले आगामी सोमबार स्पेनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
जारी विश्वकपमा नर्वेका एर्लिङ हालान्डले ७ गोल गरेका छन्। तर, नर्वे प्रतियोगिताबाट बाहिरिसकेको छ।
विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता)को लागि पनि तिव्र प्रतिस्पर्धा हुन्छ।
प्रतियोगितामा जुन खेलाडीले बढी गोल गर्छ, उसैले ‘गोल्डेन बुट’ हात पार्छ।
सन् २०२२ को विश्वकपमा एम्बाप्पेले गोल्डेन बुट जितेका थिए।
Shares

प्रतिक्रिया