साविक विजेता अर्जेन्टिना इङल्यान्डलाई पराजित गर्दै ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ।
गएराति अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै लगातार दोस्रोपटक फाइनल यात्रा तय गरेको हो।
यसअघि २०२२ को विश्वकपमा पवनि अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विजेता बनेको थियो।
आजको खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो।
खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए। तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले कप्तान लियोनल मेसीको पासमा पहिलो गोल गरेका थिए।
अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए। मार्टिनेजले पनि मेसीकै पासमा गोल गरेका थिए।
हेर्नुहोस् थप तस्बिर



















Shares

प्रतिक्रिया