ad ad

कला


राजेश हमालको ठट्टा : अलिक अघि हिरो बनेको भए पत्तासाफ हुने रहेछु

राजेश हमालको ठट्टा : अलिक अघि हिरो बनेको भए पत्तासाफ हुने रहेछु

नेपालखबर
माघ १९, २०७९ बिहिबार १८:५७, काठमाडौँ

म्युजिकल फिल्म 'गल्ली' सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो। 

१० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए। 

उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए। हमालले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए। 

त्यस अवसरमा उनले आफ्नो गीत आएर सुनाए। हमालले कलाकार जितु नेपालको चलचित्र 'ह्यारी की प्यारी' आइरहेको पनि बताए।

चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलिक अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भनेर ठट्टा गरे। 

त्यस्तै कार्यक्रममा अभिनेता जितु नेपालले शुक्रवारबाट चलचित्र 'ह्यारी की प्यारी' हलहरुमा प्रदर्शन हुने भन्दै चलचत्रिमा आफू र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम कहानीको उत्तारचढाव रहेकाले सबैले हेरेर साथ दिन आग्रह गरे।

गीतमा स्वर यशकुमार र मेचु धिमालको भने भिडिओमा रेश्मा घिमिरे, यशकुमार, राजेश घतनी लगायत कलाकाको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .