नेपाली फिल्म ‘चपली हाइट ३’ अस्ट्रेलियामा रिलिज हुने भएको छ। यो फिल्म नेपाल प्रदर्शनपछि अस्ट्रेलियामा प्रदर्शन गर्न लागिएको हो।
फिल्म आगामी मार्च ५ मा अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन गर्ने निर्माता अर्जुन कुमारले जानकारी दिए।
सिड्नीमा रहेको इभेन्ट सिनेमा थिएटरमा फिल्म प्रदर्शन गरिने जनाइएको छ। फिल्मलाई बाबा एजुकेसन र आरकेएस अस्ट्रेलियाले संयुक्त रुपमा अस्ट्रेलियामा प्रदर्शन गर्न लागेका हुन्।
निकेश खड्काले निर्देशन गरेको फिल्म हिट सिरिज ‘चपली हाइट’को तेस्रो श्रृंखला हो। क्राइम थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले पहिलो र दोस्रो सिरिजको लोकप्रियता भने जोगान सकेन।
फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, अर्पण थापालगायत कलाकारले अभिनय गरेका छन्।
माघ २३, २०७९, साेमबार
प्रतिक्रिया