निर्देशक झरना थापाले आगामी वैशाख १ गते आफ्नो फिल्म ‘भगवत गीता’ रिलिज गर्ने बताउँदै आएकी थिइन्।
फिलमको औपचारिक घोषणा अघिनै झरनाले वैशाख १ मा फिलम रिलिज गर्ने बताएकी थिइन। तर अब यो मितिमा ‘भगवत गीता’ रिलिज नहुने भएको छ।
यहि मितिमा सुरक्षा पन्त अभिनित ‘बुलाकी’ले रिलिज मिति घोषणा गरेको छ। फिल्म निर्माण टिमले पहिलो पोस्टर सार्वजनिक गर्दै वैशाख १ लाई रिलिज मिति घोषणा गरेको छ।
अभिनेत्री समेत रहेकी सुहाना थापा सीईओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘बुलाकी’ रिलिजको घोषणासँगै यो मितिमा ‘भागवत गीता’ नआउने पक्का छ।
आफ्नो फिल्मको ठाउँमा सुहानाले आफ्नै कम्पनीले वितरण गर्ने फिल्म रिलिज गर्ने भएकी छिन्। वैशाख १ मा ‘बुलाकी’सँगै ‘जारी’, ‘नाइँ नभन्नु ल ४’, ‘प्रसाद २’ र ‘बिहे पास’ पनि प्रदर्शन हुनेछन्। बुलाकीको रिलिज घोषणासँगै वैशाख १ को बक्स अफिस भिडन्त झनै रोचक देखिने भएको छ।
‘बुलाकी’ टिमले यसअघि २ पटक ठूला फिल्म जुघेपछि तय भएको रिलिज डेट क्यान्सिल गरेर बसेको हो। डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा छायांकन गरिएको ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।
छायांकनमा निस्कने तयारीमा रहेको ‘भगवत गीता’ले नयाँ रिलिज मितिका बारेमा केहि उल्लेख गरेको छैन।
प्रतिक्रिया