ad ad

कला


प्रधानमन्त्री नगएपछि मदनकृष्ण प्रमुख अतिथि, भने : प्रधानमन्त्री बने जस्तै लाग्यो

प्रधानमन्त्री नगएपछि मदनकृष्ण प्रमुख अतिथि, भने : प्रधानमन्त्री बने जस्तै लाग्यो

नेपालखबर
माघ २६, २०७९ बिहिबार १८:११, काठमाडौँ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताएका छन्।

बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइएपनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी बन्न सकेनन्। 

प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएको थियो।

सोही विषयलाई लिएर उनले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताए। 

उनले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ, प्रमुख अतिथिको कुर्सीमा। पुरस्कार पाए जस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो। रवि लामिछानेको निर्णय पनि प्रधानन्ययाधीश नै चाहिन्छ, त्यहाँ का.मुले हुँदैन भनेर इलिगल भयो भनिरहेका छन्, तर म पनि आज का.मु. मात्रै भएँ। का.मु. भए पनि म प्रधानमन्त्री बस्ने कुर्सीमा बसेँ।’ 

सो अवसरमा उनले एउटै इच्छा छ, तिम्रै भएर जिउने बोलको गीत गाएर सुनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .