चर्चित भ्लगर हुन् सिसन बाँनिया। उनको बेग्लै लोकप्रियता छ। एक समय सिसन पूर्व मिस नेपाल श्रृंखला खतिवडाको प्रेममा थिए। यो जोडी खुलेर डेटमा रमायो। तर पछिल्लो समय सिसम–श्रृंखलाको सम्बन्ध सुमधुर छैन।
सिसमसँग श्रृंखलाको सम्बन्ध बिग्रिएपछि धेरैले उनलाई गाली गरिरहेका हुन्छन्। यसैबिच सिसमले आफ्नो पूर्व सम्बन्धका बारेमा चासो नदिन सबैलाई आग्रह गरेका छन्।
उनले जीवनको त्यो अध्याय समाप्त भएको भन्दै जिन्दगीको त्यो पाना पल्टाइदिन भनेका छन्।
उनले इन्टाग्राम स्टोरीमा लेखेका छन्, ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ। यो असाध्यै साधारण कुरा हो। मैले निकै राम्रो समय बिताएँ। त्यो मेरो आफ्नो करियरका लागि छुट्टिको समय जस्तो थियो। यो समयका धेरै मिठा सम्झना छन्।’
उनले आफ्नो सम्बन्धबाट छुटेर जाने मानिसप्रति कुनै रिस, घृणा नरहेको भन्दै जोसँग भए पनि सफलता, खुसी र मुख्यतः शान्तिको चाहना गरेको बताएका छन्। यो भन्दा अघि पनि आफू गहिरो सम्बन्धमा रहेकाले सबै पूर्वप्रेमिप्रति सदैव माया र सम्मान रहिरहने सिसमले उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘अहिले म जे छु, त्यो हुनुमा उनीहरुको पनि भूमिका छ। सबैप्रति सम्मान छ’ उनले अगाडि लेखेका छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो। पाना पल्टाउनुहोस्।’
Shares
प्रतिक्रिया