ad ad

कला


‘हरियो ढुंगा’बाट बाहिरिए दयाहाङ राई

‘हरियो ढुंगा’बाट बाहिरिए दयाहाङ राई

नेपालखबर
फागुन ९, २०७९ मंगलबार ८:५५, काठमाडौँ

अभिनेता दयाहाङ राई फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिएका छन्। दीपक श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म छायांकनमा जानुअघि नै दया यो फिल्मबाट बाहिरिएका हुन्। दयालाई शीर्ष भूमिकामा अनुबन्ध गराएर निर्माण टिमले फिल्म घोषणा गरेको थियो।

छायांकन तालिका नमिलेपछि दयाले फिल्म छाडेको बताइएको छ। 

निर्माण घोषणाका बेला फिल्मको नाम ‘हरियो ढुंगा’ भनिए पनि यो फिल्म चलचित्र विकास बोर्डमा ‘चटके’ नाममा दर्ता भएको छ। दयाको समय नमिलेर फिल्म छायांकनमा जान नसकेपछि उनले फिल्म छाडेको निर्माण नियन्त्रक सुरज आचार्यले जानकारी दिएका छन्। सेड्युल नमिले समस्या भएका कारण फिल्ममा दयालाई नै फर्काउने प्रयास भइरहेको आचार्य बताउँछन्। 

यो फिल्म माघ २० देखि छायांकनमा जाने बताइएको थियो। पूर्वी नेपालको इलाम र भारतको सिक्किममा छायांकन गर्ने भनेर निर्माण टिमले छायांकन स्थलसमेत हेरिसकेको थियो। तर दयाको समय नमिल्दा फिल्म छायांकनमा जान सकेन। प्रमिस इन्टरटेनमेन्ट र तपश्री प्रोडक्सन ब्यानरमा निर्माण हुने फिल्मले नेपाल र सिक्किमको पर्यटनमा टेवा पुर्‍याउने बताउने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .