कला


इरफान–सुतपा प्रेमकथा : वैवाहिक जीवन सुखमय थियो तर भाग्यले धोका दियो

इरफान–सुतपा प्रेमकथा : वैवाहिक जीवन सुखमय थियो तर भाग्यले धोका दियो

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १२:३३, काठमाडौँ

बलिउड अभिनेता इरफान खान यो संसारमा छैनन्। तर, फ्यानको सम्झनामा उनी जीवित छन्। इरफानको नाम आउनेबित्तिकै उनको बोल्ने आँखा भएको अनुहार अगाडि घुम्न थाल्छ। उनका आँखाले जिब्रोका काम गर्थे, सबैले उनको निर्दोषताको माया गर्थे। उनका आँखासँग सबैभन्दा धेरै मोह सुतपा सिकदारलाई थियो। उनी जीवित थिए भने आज उनीहरुको विशेष दिन हुने थियो। आजकै दिन इरफान र सुतपा एक भएका थिए।

इरफान खान र सुतपा सिकदारको विवाह २३ फेब्रुअरी १९९५ मा भएको थियो। उनीहरुको प्रेम निकै रोचक तरिकाले सुरु भएको थियो। इरफान र सुतपाको प्रेमकथा दिल्लीको मंडी हाउसमा रहेको नेसनल स्कुल अफ ड्रामाबाट सुरु भएको थियो। मित्रता र प्रेमपछि उनीहरुको विवाह भएको थियो। विवाहअघि पनि यी दुईले आफूहरुलाई पार्टनर मान्ने गर्थे। सुतपा र इरफानको भेट एक अभिनय सत्रमा भएको थियो। 

मित्रता झागिँदै जाँदा यी दुई लामो समय लिभइनमा बसे। आफ्नो करिअरमा फोकस भएका कारण तत्काल बिहे गर्ने उनीहरुको योजना थिएन। लिभइनमै रहेका बेला सुतपा गर्भवती भइन्। त्यसपछि इरफानले एक कोठाको घर छोडेर दुईकोठाको घर किन्नुपर्ने भयो। उनलाई दुई कोठाको घर पाउन गाह्रो भयो। उनी जहाँ जान्थे, मानिसहरूले विवाह गरेको हो भनेर सोध्थे। यिनै प्रश्नबाट व्याकुल भएर सुतपा र इरफानले सन् १९९५ मा विवाह गरेका थिए।

एक अन्तर्वार्ताका क्रममा इरफानले सुतपासँग विवाह गर्न आफू धर्म परिवर्तन गर्न पनि तयार रहेको बताएका थिए। तर, यो आवश्यक थिएन। सुतपाको परिवारले इरफानलाई उनी जे थिए त्यही रुपमा स्वीकार गरेको थियो। 

अभिनय र पढाइमा सुतपा निकै अगाडि थिइन्। मित्रतामा पनि उनी एक कदम अगाडि लाग्थिन्। त्यो समय इरफान खान भने धेरै सरल र लजालु थिए। सुतपाको पढाइ र लेखन दिल्लीमै भएको हो। इरफानलाई सुरुदेखि नै सुतपा मनपर्थ्यो। तर, सुतपा पहिले कलेजको फ्रेसर्स पार्टीमा इरफानप्रति आकर्षित भएकी हुन्। 

कलेजका दिनमा इरफान हरेक कुरामा निकै उत्सुक हुन्थे।  उनी नयाँ-नयाँ कुरा जान्न उत्सुक थिए र धेरै प्रश्न गर्थे। इरफानको यो बानीबाट अन्य मानिस  हैरान भए, सुतपाले भने उनको यो कुरा निकै मन पराउन थालिन्। उनीहरुको मित्रता यसरी नै अगाडि बढेको थियो। 

दुईबीच राम्रो सम्बन्ध थियो र दुवै वैवाहिक जीवनप्रति खुसी थिए। तर, भाग्यले उनीहरुलाई धोका दियो। क्यान्सरका कारण अप्रिल २०२० मा इरफानको निधन भयो। त्यसयता सुतपा इरफानको सम्झनामा जीवन बिताइरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad