कला


भाग्यश्रीले गरिन् सलमानबारे रोचक खुलासा– उनी केटीबाट टाढा रहन चाहन्थे

‘सलमानले मलाई किस गर्न अस्वीकार गरे’
भाग्यश्रीले गरिन् सलमानबारे रोचक खुलासा– उनी केटीबाट टाढा रहन चाहन्थे

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १३:४६, काठमाडौँ

बलिउड अभिनेत्री भाग्यश्रीले हिजो आफ्नो ५४औँ जन्मदिन मनाइन्। ‘मैने प्यार किया’बाट अभिनय प्रारम्भ गरेकी भाग्यश्रीले केही समयअघि दिएको अन्तर्वार्तामा सलमान खान र आफ्नो डेब्यु फिल्मबारे केही रोचक पक्ष जानकारी गराएकी छन्।

भाग्यश्रीले सलमानले उनलाई आफू नराम्रो व्यक्ति हो भनेर विश्वास गर्न बाध्य पारेको बताएकी थिइन्। तर कुनै एउटा घटनाका कारण सलमानप्रति उनको इज्जत झनै बढ्यो गएको थियो।

वाइल्ड फिल्म्स इन्डियालाई दिएको अन्तर्वार्तामा भाग्यश्रीले सलमानलाई होइन, महिलाले उनलाई पछ्याएको बताएकी छन्। उनले भनेकी छन्, ‘सलमान कसैलाई फलो गर्दैनन्। तर महिलाले उनलाई फलो गर्छन्। ‘मैने प्यार किया’को सुटिङका क्रममा उनले मलाई राम्रा केटीहरूले मलाई माया गरून् भन्ने म चाहन्नँ भनेका थिए।’

उनले आफू राम्रो केटा हो जस्तो नलाग्ने कारण राम्रो केटीको मायामा पर्न चाहेको बताएको भाग्यश्रीले उल्लेख गरेकी छन्। सलमानलाई उद्धृत गर्दै भाग्यश्रीले भनेकी छन्, ‘मलाई विश्वास छ कि म केटीसँग छिट्टै बोर हुन्छु र मैले यो बानी नियन्त्रण नगरेसम्म मानिसहरू मबाट टाढा भइरहन्छन्। त्यसैले म केटीहरुलाई नजिक आउन दिन्नँ।’

भाग्यश्रीले थप भनिन्, ‘आज हेर्नुभयो भने, यो सही अर्थमा प्रमाणित भएको छ। किनकि सलमान आफ्ना परिवारका महिलाका लागि सुरक्षात्मक रुपम प्रस्तुत हुने गरेका छन्।’

‘मैने प्यार किया’को प्रमोसनका क्रममा एउटा किस्सा सेयर गर्दै भाग्यश्रीले भनिन्, ‘एकजना चर्चित फोटोग्राफर थिए जो मेरो र सलमानको सनसनीपूर्ण तस्बिरहरू क्लिक गर्न चाहन्थे। त्यसैले उनले सलमानलाई एक्लै लगे र अचानक मलाई किस गर्न भने। सलमानले त्यसो गर्न अस्वीकार गरे।’

फोटोग्राफरका कुरा सुनेर नर्भस भएकी भाग्यश्री यही घटनाबाट सलमानप्रति थप प्रभावित भइन्।

उनले भनेकी छन्, ‘त्यो दिन सलमानको यो कुरा सुनेर मेरो नजरमा उनको इज्जत झनै बढ्यो। अहिलेसम्म सलमानले कुनै पनि अभिनेत्रीलाई अनस्क्रिन किस गरेका छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad