गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुँगामा’ बोलको गीत सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत मंगलबार फिल्मको दोस्रो गीत सार्वजनिक गरिएको हो।
शंकर अधिकारीले लेखेको गीत बाबुल गिरीले गाएका हुन् भने संगीत, संगीत संयोजन र गीत मिक्सिङ पनि बाबुले नै गरेका हुन्।
गीतको भिडिओमा दीपकराज गिरी र बेनिशा हमाल जोडी छन्। फिल्ममा उनीहरूसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारले अभिनय गरेका छन्। हेमराज बिसीले निर्देशन गरेको फिल्मको कथा दीपकराज गिरीले लेखेका हुन्।
आमा सरस्वती मुभिज र आईएमीको प्रस्तुतिमा निर्माण भएको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।
Shares

प्रतिक्रिया