नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले अभिनेता प्रदीप खड्कालाई अवार्डका लागि बधाई दिएका छन्।
फिल्म ‘प्रकाश’मा निर्वाह गरेको भूमिकाबापत छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नायक खड्कालाई वर्ष उत्कृष्ट कलाकार अवार्ड प्रदान गरिएको हो।
महामन्त्री थापाले अभिनेता खड्कालाई बधाई दिने क्रममा उनीसँगै ‘प्रकाश’ हेरेको सम्झना पनि गरेका छन्।
‘खबर सुन्दै गर्दा केही समयअघि प्रदीपसँगै बसेर ‘प्रकाश’ हेरेको सम्झना आयो’, बिहीबार थापाले सामाजिक सञ्जालमा खड्कासँगको तस्बिरसहित लेखेका छन्, ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता अवार्डका लागि प्रदीपलाई धेरै-धेरै बधाई!’
चैत ९, २०७९, बिहीबार
42
Shares
प्रतिक्रिया