ad ad

कला


चलचित्रको सफलतामा गीत-संगीतको भूमिका महत्त्वपूर्ण

चलचित्रको सफलतामा गीत-संगीतको भूमिका महत्त्वपूर्ण

नेपालखबर
चैत ११, २०७९ शनिबार १७:४४, काठमाडौँ

नेपाली चलचित्र सफल हुनुको एउटा महत्त्वपूर्ण कारण गीत-संगीत मानिन्छ। दर्शकलाई हलसम्म ल्याउन गीत-संगीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेका छन्। पछिल्लो समय ‘भिडिओ सेयरिङ साइट’ टिकटकमा समेत गीत–संगीत लोकप्रिय हुने गरेका छन्। 

प्रेम गीत, नाइँ नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीत-संगीत झैँ कथावस्तुले चर्चा पाउन सकेन। प्रचारप्रसारको सशक्त माध्यम मानिए तापनि केही समययता भने गीत-संगीतमा उलेख्य लगानी भएको पाइँदैन। भिडिओमा बढी लगानी गर्दा गीत-संगीतको स्तरमा कमी आएको संगीतकार अर्जुन पोखरेल स्वीकार्छन्। 

‘चलचित्रमा हुने गीत-संगीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ। एकल रूपमा गीति सङ्ग्रहमा आउनेमा भने त्यो लागु हुँदैन’, उनले भने। स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीत-संगीत नै भएको पोखरेलको भनाइ छ। 

चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए।

‘काममा बजेटले असर गर्छ। हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ’, उनले भने, ‘केही निर्माता गीतलाई भिडिओमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठीकठाक गरौँ भन्ने पनि हुनुहुन्छ। उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौँ।’

संगीतकार शम्भुजित बाँस्कोटा गीत-संगीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउँछन्।

‘पहिला चाडपर्वलाई लक्ष्य गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो। त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्’, उनले भने।

प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रर्दशन भइरहेको छ। यसका गीत-संगीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेका छन्। 

घरेलु बजारसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीत-संगीतको भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बता।

‘हामी प्रति दर्शकको विश्वास छ। साथै गीत-संगीतले समेत सामाजिक सञ्जालमार्फत प्रचारमा सघाएको छ’, उनले भने। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .