एक समयकी चर्चित टिभी अभिनेत्री हुन्, स्मृति इरानी। भारतको केन्द्रीय महिला तथा बाल विकासमन्त्री समेत बनेकी स्मृतिले करिअरको एक चरणमा आफूले गर्भपतन भएको बताएकी छिन्।
उनले ‘सास भी कभी बहू थी’ सुटिङका क्रममा उनले गर्भपतन भएको तर त्यसको भोलिपल्ट पनि आफूलाई सुटिङमा बोलाइएको बताएकी छिन्।
उनीसँगै काम गर्ने सह–कलाकारका कारण गर्भपतनको रिपोर्ट बोकेर सुटिङमा जानु परेको स्मृतिले बताएकी छिन्। उनका सह-कलाकारले स्मृतिको गर्भपतनको खबर झुटो भनेर निर्माता एकता कपूरलाई भनेका कारण भोलिपल्ट मेडिकल रिपोर्ट लिएर एकता कहाँ गएको बताएकी छिन्।
‘क्युँकी सास भी कभी बहू थी’बाट घरघरमा लोकप्रिय भएकी स्मृतिले निलेश मिश्रसँगको कुराकानीका क्रममा आफ्नो समयका थुप्रै कुरा बताएकी छिन्। त्यो समय उनले दुई सिफ्टमा काम गर्ने गरेको बताएकी छिन्।
‘सास भी कभी बहू थी’को सुटिङमा राती व्यस्त हुने स्मृति दिउँसो रामायणमा काम गर्थिन्। यही समय उनले आफू पहिलो पटक गर्भवति भएको र गर्भपतन गर्नु परेको बताएकी छिन्। उक्त गर्भले जीवनमा ठूलो पाठ सिकाएको स्मृतिले बताएकी छिन्।
स्मृतिले भनेकी छिन्, ‘म गर्भवती छु भन्ने थाहा थिएन। त्यो बेला म सिरियलको सेटमा थिएँ। तर मलाई असजिलो भएको थियो। मैले निर्मातालाई भने कि अहिले मेरो अवस्था ठीक छैन, त्यसैले कृपया मलाई घर जान दिनुहोस्। यति हुँदाहुँदै पनि उनीहरूले मलाई जान दिएनन्। मैले त्यो दिनको काम मुस्किलले पुरा गरें। अस्पताल जाँदा साँझ परेको थियो। डाक्टरले सोनोग्राफी गराउन सल्लाह दिए। त्यहि बेला रगत बग्न थाल्यो। मलाई अहिले पनि याद छ म अस्पताल जाँदा त्यो समय पानी परिरहेको थियो। मैले अटो चालकलाई छिट्टै अस्पताल लैजान भनेको थिए। त्यही बेला मेरो गर्भपतन भयो।’
स्मृतीलाई गर्भपतन भएको भोलिपल्ट सुटिङमा आउन भनिएको थियो।
अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘जब म अस्पताल पुगेँ, एउटी नर्स दौडिएर आइन् र मसँग अटोग्राफ मागिन्। मैले उसलाई भनें कि तपाईंले स्वीकार गर्नुहुनेछ किनभने मलाई लाग्छ कि मेरो गर्भपतन भएको छ। त्यसको एक दिनपछि स्मृतिलाई ‘क्युँकी सास भी कभी बहू थी’को प्रोडक्सन टिमबाट सुटिङमा आउन आग्रह गरिएको थियो। त्यसपछि मैले आफ्नो गर्भपात भएको र आफू ठिकठाक नरहेको बताए। जवाफमा मलाई २ बजेको सेटमा आईपुग्न भनियो।’
‘सास भी कभी बहू थी’ सिरियलको पहिलो एपिसोड ३ जुलाई २००० मा प्रसारण भएको थियो भने अन्तिम एपिसोड ६ नोभेम्बर २००८ मा टेलिकास्ट भएको थियो।
स्मृतिले यसमा तुलसीको भूमिका निभाएकी छिन्। यहि समय स्मृतिले रामायणमा सिताको भूमिका निर्वाह गरिरहेकी थिइन्।
त्यही समय रवि चोपडाले भने आफूलाई सहयोग गरेको उनले बताएकी छिन्। स्मृतिले रविलाई आफ्नो समस्या बताउँदै सोधिन् ‘७ बजेको सिफ्टमा एक घण्टा ढिलो आउन सक्छिन् कि?’
जवाफमा रविले भने, ‘तिमी पागल भइसक्यौ, बच्चा गुमाउँदा कस्तो महसुस हुन्छ? भोलि आउनै पर्दैन।’
त्यतिबेला मानवता देखाउने एकमात्र व्यक्ति रवि चोपडा रहेको स्मृतिले बताइन्। रवि चोपडा प्रसिद्ध निर्देशक बी.आर. चोपडाका छोरा हुन्। बी.आरचोपडाले नै महाभारत बनाएका हुन्।
प्रतिक्रिया