ग्लोबल


युद्धविराम गरेको भोलिपल्टै लेबनानमा इजरायलको आक्रमण

युद्धविराम गरेको भोलिपल्टै लेबनानमा इजरायलको आक्रमण

शनिबार दक्षिणी लेबनानको नाबातिह सहरमा इजरायलले हवाई आक्रमण गरेपछि देखिएको धुवाँ। तस्बिर: एएफपी


नेपालखबर
असार ६, २०८३ शनिबार १३:३५, काठमाडौँ

हेज्बुल्लाहसँग युद्धविराम सहमति गरेको भोलिपल्टै इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ।

टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। 

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार इजरायली विमान र ड्रोनले शनिबार बिहानभरि नाबातिह क्षेत्रमा धेरैपटक आक्रमण गरे। हमलाबाट आवासीय भवन र घर ध्वस्त भएका छन्। इजरायली सेनाले तोपखानाको गोली पनि चलाएको थियो।

यसैबिच अमेरिका र इरानबिच भएको शान्ति सम्झौताका सर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका  विशेष दूत स्टिभ विटकफ शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।

सीएनएनका अनुसार अमेरिका र इरानले इजरायल र हेजबुल्लाहबिच द्वन्द्वका कारण पहिले रोकिएको वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन्।

रिपोर्टमा भनिएको छ, ‘हालैको युद्धविरामपछि वातावरण केही शान्त भएकाले वार्ता पुनः सुरु हुन सक्छ। डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि यस प्रक्रियामा संलग्न हुने अपेक्षा गरिएको छ।’

सम्झौताअनुसार दुवै देशलाई अन्तिम सम्झौतामा पुग्न ६० दिनको समयसीमा दिइएको छ।

यसैबिच एक्सियोसको रिपोर्टअनुसार इरानका विदेशमन्त्री अब्बास अराघची पनि आज स्विजरल्यान्ड पुग्न सक्छन्, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन।

यसअघि शान्ति सम्झौता लागु गर्ने विषयमा अमेरिका र इरानबिच शुक्रबारै स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगन गरिएको थियो।

लेबनानमा इजरायलले आक्रमण जारी राखेकाले दुई पक्षबिच मतभेद कायमै छ।

यहीबिच सीएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्पका विशेष दूत स्टिभ विटकफ स्विट्जरल्यान्ड प्रस्थान गरेको जनाएको हो। 

अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि गत बुधबार राति १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad