पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ इरान-अमेरिका वार्तामा भाग लिन स्विट्जरल्यान्ड आइपुगेका छन्।
प्रधानमन्त्री सरिफसँगै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर पनि छन्।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि यसअघि नै स्विट्जरल्यान्ड पुगिसकेका छन्।

वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पनि शनिबारै स्विट्जरल्यान्ड पुगिसकेको छ।
इरान र अमेरिकाबिचको वार्तामा पाकिस्तान केही महिनादेखि मुख्य मध्यस्थकर्ता बनिरहेको छ।
अमेरिका र इरानबिच यसअघि नै शान्ति सम्झौता भइसकेको छ।
त्यही सम्झौता लागुका विषयमा स्विट्जरल्यान्डमा दुई पक्षबिच संवाद सुरु गर्न लागिएको हो।
42
Shares

प्रतिक्रिया