कला


आत्महत्या गर्न चाहन्थे कपिल शर्मा!

आत्महत्या गर्न चाहन्थे कपिल शर्मा!

कपिल शर्मा


नेपालखबर
चैत १९, २०७९ आइतबार १०:१४, काठमाडौँ

बलिउडमा कपिल शर्माको चर्चा राम्रो छ। उनी आफ्नो शो ‘द कपिल शर्मा’ मार्फत मानिसहरुलाई हसाइरहेका हुन्छन्। भारतमा मात्रै होइन, विश्वका अन्य देशमा पनि उनका दर्शक र फ्यानको संख्या ठूलो छ। ५ सय रुपैयाँबाट करिअर सुरु गरेका कपिल अहिले ३ सय करोडभन्दा माथिका मालिक भएका छन्। तर उनले यहाँसम्म आउँदा गरेको यात्रा त्यत्ति सहज थिएन। 

कपिलको यात्रा निकै उतारचढावले भरिएको छ। बुवाको निधनपछि परिवारको जिम्मेवारी कपिलको काँधमा आयो। उनी पहिलो कमेडी शोको अडिसनबाट अस्वीकृत भए, त्यसपछि त्यही तेस्रो सिजनको विजेता बने। त्यसपछि भने कपिल बिस्तारै सफलताको बाटोमा हिँड्न थालेका हुन्। 

उनले धेरै कमेडी शोको एक हिस्सा बने, एक विजेता बने र लोकप्रियता कमाए। त्यसपछि बलिउडमा डेब्यु गरे तर जीवनमा एक पल आयो, जसमा उनी डिप्रेसनमा परे। उनको अवस्था यति बिग्रियो कि आत्महत्याबारे सोच्न थाले। उनी आत्महत्या गर्न चाहन्थे। यही समय उनी रक्सीको लतमा फसे। एकदिन नशाको अवस्थामा अमिताभ बच्चनलाई भेट्न गए। श्रीमती गिन्नी र परिवारले उनलाई यो खराब अवस्थाबाट बाहिर निकाले। त्यसपछि उनी बिस्तारै काममा फर्किए। 

सन् २०१५ उनले फिल्म ‘किस किस प्यार करूँ’बाट बलिउडमा डेब्यु गरेका थिए। यसपछि उनी २०१७ मा ‘फिरंगी’ मा देखिएका थिए। उनले आफैँ निर्माण गरेका थिए र कपिलले फिल्म बनाउन ३३ करोड रुपैयाँ लगानी गरेका थिए। रिलिजपछि फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भयो।

कपिलले यो असफलता सहन सकेन, जसका कारण उनी डिप्रेसनमा गए। फिल्म रिलिज हुनुअघि पनि उनको अवस्था खासै राम्रो थिएन। ती दिनहरु उनी निकै कम महसुस गरिरहेका थिए, जसका कारण उनले रक्सी पिउन थाले। घरको चार पर्खालमा थुनिएर बसेका थिए। अवस्था यति नाजुक बनेको थियो कि उनले आत्महत्या गर्ने सोच्न थाले। उनी आफ्नो मनको कुरा कसैसँग पनि बाँड्न हिचकिचाउँथे। यो असफलतापछि उनी मानिसहरूको सामना गर्न डराए। तर, परिवारको सहयोगमा उनले यो खराब अवस्थाबाट आफूलाई बाहिर निकाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad