कला


...अनि कार्यक्रममै रोए कमलमणि

...अनि कार्यक्रममै रोए कमलमणि

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०७९ बुधबार ९:२७, काठमाडौँ

अहिले नेपाली फिल्म उद्योगमा ‘बहाव’को राम्रै चर्चा छ। फिल्मको ट्रेलरका कारण चर्चा बटुलिरहेको यो फिल्म आगामी शुक्रबार रिलिज हुँदै छ। फिल्म अभिनेत्री सुरक्षा पन्तका कारण पनि चर्चामा छ। भर्खरै वैवाहिक जीवनमा प्रवेश गरेकी सुरक्षा हनिमुन पिरियड नै छाडेर फिल्म प्रमोसनमा लागेपछि उनको फिल्मप्रतिको लगावको प्रशंसा भइरहेको छ। 

सुरक्षापछि फिल्ममा अभिनय गरेका अर्का कलाकार कमलमणि नेपालको चर्चा सुरु भएको छ। उनले फिल्म प्रमोसनका लागि आयोजित  कार्यक्रममा भावुक हुँदै आँसु झारेका कारण उनी अहिले चर्चामा छन्।

फिल्म रिलिजको संघारमा उनले सुटिङका क्रममा आफ्ना अनुभव सुनाउँदै भावुक भएका हुन्। फिल्ममा कमलमणि सुरक्षाका बाबुको भूमिकामा देखिने छन्। सुरक्षाले फिल्मको एक दृश्य छायांकनका क्रममा घरकी छोरी सम्झिएर रोएको कमलमणिले सुनाएका हुन्। 

छोरीलाई माया पनि गर्ने अनि घृणा पनि गर्ने चरणको संवाद बोल्दै जाँदा उनले सुरक्षामा आफ्नी छोरीको रुप देखेको बताए। त्यसपछि उनले आफ्नो मन थाम्न नसकेर रोएको सुनाए। 

उनले भने, ‘फिल्मको स्क्रिप्ट पढ्दा सामान्य नै लाग्यो। तर गहिरिएर जाँदा भने सुरक्षाको मनोभाव बुझेँ।  सन्ध्याको भूमिकामा रहेकी सुरक्षा  र मबिच संवाद हुँदा आफूलाई थाम्न सकिनँ। मेरो घरमा छोरी पनि छिन्, अनि म रोएँ।’

प्रमोद कँडेलले निर्देशन गरेको फिल्ममा श्रीधर पौडेलले लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad