बलिउडकी ‘कन्ट्रोभर्सी क्विन’ राखी सावन्त कुनै न कुनै कारण चर्चामा आइरहन्छिन्। राखी सावन्त र आदिल दुरानी पहिले लामो समयदेखि प्रेम पछि झगडाका कारण चर्चामा छन्। अहिले राखी रमजानको पवित्र महिनामा रोजा र नमाजका कारण चर्चामा आएकी छन्। उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसै क्रममा राखीको अर्को भिडिओ फ्यानमाझ तीव्र रूपमा भाइरल भइरहेको छ, जसका कारण उनी ट्रोल बनिरहेकी छन्।
राखीले नमाज पढेको भिडिओ भाइरल
हालै सामाजिक सञ्जालमा राखी सावन्तको एउटा भिडिओ भाइरल भइरहेको छ, जसमा उनी नमाज पढिरहेको देखिएकी छन्। भिडिओमा राखीले कालो सुटका साथ हिजाब लगाएकी देखिन्छिन्। यससँगै उनी नमाज पढिरहेको पनि देखिन्छिन्। यो भिडिओ अपलोड हुनेबित्तिकै मानिसहरूको ध्यान राखीको लुगामा गयो र मानिसहरूले उनलाई नराम्रोसँग ट्रोल गरिरहेका छन्।
सामाजिक सञ्जाल प्रयोकर्ताले दिए सुझाव
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘नमाज पढ्नु सही हो, तर केही आधारभूत नियमको ख्याल गर्न जरुरी छ। पहिलो– तपाईंले पूरा लुगा लगाउन पर्छ र दोस्रो– नङमा पालिस लगाउन हुँदैन।’
राखीले नमाज पढेको भिडिओ
Shares

प्रतिक्रिया