कला


भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

नेपालखबर
बैशाख १७, २०८० आइतबार १२:२४, काठमाडौँ

कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास विमोचन गरिएको छ। लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तीसपुतलिको शिल्पी थिएटरमा पुस्तक विमोचन गरिएको हो।

उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ। आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ। 

कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताए। भैरव आर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा लेखेका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उनको भनाइ छ।

भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थान सम्म पुग्न सहयोग मिलेको बताए। भैरव अर्याल र रमेश विकलका लेखमार्फत साहित्य क्षेत्रमा आफ्नो रुचि बढेको उनको भनाइ छ। भैरव अर्यालसँगको पहिलो भेटबाटै एक अर्काप्रति आकर्षित भएका कारण पनि साहित्य क्षेत्रमा केही सहजता पाएको उनले स्मरण गरे।

कवियत्री ज्योति जंगलले आफूले प्रत्यक्ष देख्न भेट्न नपाए पनि पुस्तकमार्फत भैरवलाई नियाल्दा सकारात्मक धारणा पाएको बताइन्।

पुस्तकमा उपन्यासको भाषिक लय लवज बाह्य आचरण पनि सुन्दर रहेको र पुस्तक नाट्य शैलिमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ। साहित्यकार नारायण ढकालले आफू भैरव अर्यालका छिमेकी रहेको भन्दै उनीसँग प्रभावित भइ नयाँ कुरा सिक्ने अवसर पाएको बताए। 

पुस्तकमा भैरव अर्यालको जीवनीका ७० वटा घटनाक्रम प्रस्तुत गरिएको छ।

लेखक प्रोल्लास सिन्धुलीयले भग्न भैरव पुस्तक लेखनका क्रममा पत्रकार रोचक घिमिरेको ठूलो भूमिका महत्वपूर्ण रहेको बताए। उनले भैरव अर्यालसँग बिताएका कतिपय घटनाक्रम, कथावस्तु, प्रसङ्गमा प्रत्यक्ष सहभागिता र उल्लेखनीय सहयोग रहेको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad