कला


मिस मगर इन्टरनेसनलको निर्णायकमा माल्भिका र अनुपविक्रम

मिस मगर इन्टरनेसनलको निर्णायकमा माल्भिका र अनुपविक्रम

नेपालखबर
जेठ २१, २०८० आइतबार १२:३०, काठमाडौँ

मिस मगर इन्टरनेसलनको मञ्चमा पूर्वमिस नेपाल माल्भिका सुब्बा र अभिनेता अनुपविक्रम शाहीले सहकार्य गर्ने भएका छन्।

आगामी जेठ २७ गते हुने ग्राण्ड फिनालेमा यी दुई निर्णायकका रुपमा देखिने छन्। उनीहरूसँग अन्य ४ जना निर्णायकले प्रतियोगीको क्षमता मूल्यांकन गर्ने छन्। 

प्रज्ञा भवनमा आयोजना हुने प्रतियोगीताको उपाधिका लागि १२ सुन्दरीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियागी सुन्दरीको क्षमता मापनका लागि माल्भिका र अनुपका साथमा फिल्म निर्देशकसंजोग लाफा मगर, संचारकर्मी रुद्र श्रीश मगर, मोडल तथा डान्सर रीना थापा मगर र स्वास्थ्यकर्मी हिमाल राना मञ्चमा देखिनेछन्।

होटल सम्पदामा आयोजित पेजेन्टको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले नृत्य, अभिनय, गायन, कविता तथा गजल वाचन गरेर आफ्नो क्षमता प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad