कला


जेस्मको निर्देशनमा बन्यो सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ (भिडिओ)

जेस्मको निर्देशनमा बन्यो सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ (भिडिओ)

तस्बिर सौजन्य : अर्जुन गुरागाईं


नेपालखबर
असार २, २०८० शनिबार १९:१३, काठमाडौँ

गायक, संगीतकार, एरेन्जरलगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन्। उनको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’को काठमाडौँमा आयोजित समरोहका बीच प्रिमियर गरियो। एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने संकेत गरे। 

इन्टरनेटका माध्यमले आफूले सिकेको सीप प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिए। ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ। त्यही क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भने। उनको यो दोस्रो सर्ट फिल्म हो।

गायिका आनी छोइङ डोल्माले फिल्म निर्देश सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको हो। ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्न अवस्था छैन। यसलाई त्यसकै सुरुआतका रुपमा समेत बुझ्न सकिन्छु’,जेम्सले भने।

सर्ट फिल्ममा समिसन जीसी र वेदना राईको अभिनय छ। फिल्ममा यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितिलाई चित्रण गरिएको छ। यसमा श्याम तामाङले छायांकन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका छन्।

कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुस गरेको बताए। ‘मैले जेम्समा गायनसँगै स्टोरी टेलीङको क्षमता बुझ्न पाएँ। म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएन’, निर्देशक शल्लभले भने।

अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमितभन्दा फरक महसुस गरेको प्रतिक्रिया दिए। ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ। कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’, अभिनेता प्रशान्तले भने। 

लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भीम तुलाधर, संगीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्यलगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंशा गरेका थिए।

हेर्नुहोस् सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .