कला


बिहे गरे ‘दर्पणछाया २’का जोडी सहारा र फिरोजले

बिहे गरे ‘दर्पणछाया २’का जोडी सहारा र फिरोजले

नेपालखबर
असार १४, २०८० बिहिबार १३:२२, काठमाडौँ

नेपाली फिल्म ‘दर्पणछाया २’का दुई कलाकार सहारा कार्की र फिरोज तिमिल्सिना वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरुले अमेरिकामा सीमित आफन्तका बीच लगनगाँठो कसेका हुन्।

२०७४ सालमा रिलिज भएको तुलसी घिमिरे निर्देशित फिल्म दर्पणछाया २ मा यी दुईले सँगै अभिनय गरेका छन्। त्यतिबेलादेखि नै उनीहरु प्रेममा परेका हुन्। गत साता मात्रै इन्गेजमेन्ट गरेर उनीहरुले आफ्नो प्रेम सार्वजनिक गरेका थिए।

यी दुईले ‘मेरी प्रिया’ र ‘किन’ बोलको म्युजिक भिडियोमा पनि सहकार्य गरेका छन्। ‘दर्पणछाया  २’ बक्स अफिसमा असफल भएपछि यी दुई अमेरिका गएका थिए।

‘दर्पणछाया २’ मा उनीहरुसँगै अभिनय गरेका अभिनेता पुष्प खड्काले नवविवाहित जोडीलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad