कला


आदिपुरुषका लेखकले भने- हात जोडेर नि:शर्त माफी माग्छु

आदिपुरुषका लेखकले भने- हात जोडेर नि:शर्त माफी माग्छु

नेपालखबर
असार २३, २०८० शनिबार ९:५०, काठमाडौँ

रामायणबाट प्रभावित दक्षिण भारतीय चलचित्र आदिपुरुषका लेखकले माफी मागेका छन्।

शनिबार ट्विटरमार्फत् उनले फिल्मबाट जनभावनामा चोट पुगेको स्वीकार गर्दै क्षमायाचना गरेका हुन्।

ओम राउतको फिल्म आदिपुरुष रिलिजयता भारतसहित नेपाल र श्रीलंकामा यसको व्यापक विरोध भयो। फिल्मका संवादलाई लिएर दर्शकहरूले फिल्मको आलोचना गरेका थिए। लेखक मुंतशिरले विवादपछि नेपाल भारतकै हिस्सा थियो भन्ने अभिव्यक्तिले फिल्म थप आलोचित बनेको थियो।

'आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु। मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु,' उनले लेखेका छन्, 'भगवान बजरंग बलीले हामी सबैको कल्याण गरुन्, हामीलाई एक र अटूट रहने र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरून्।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad