कर्णाली


सुर्खेतको वीरेन्द्रनगरमा आज दिनभर बिजुली बन्द हुने

सुर्खेतको वीरेन्द्रनगरमा आज दिनभर बिजुली बन्द हुने

प्रतिकात्मक तस्बिर


नेपालखबर
असार २३, २०८० शनिबार १०:५, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका विभिन्न क्षेत्रमा आज (शनिबार) विद्युत सेवा बन्द हुने भएको छ। अहिले बिहान ११ बजेदेखि अपराह्न ५ बजे सम्म ६ घण्टा बिजुली बन्द गरिने भएको हो।

वीरेन्द्रनगरको बुलबुले फिडरअन्तर्गत जाडान भएका सबै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत तिवरण केन्द्रले जनाएको छ। 

प्राधिकरणका अनुसार बुलबुले फिडरअन्तर्गत बुदबुदी सब-स्टेसनदेखि मंगलगडी चोकसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द गरिने भएको हो।

बुदबुदी सब-स्टेसनदेखि मंगलगढी, एरी चोक, मूलपानी चोक, प्रदेश अस्पताल, रेडियो नेपाल, टेम्पुपार्क, फलाटे, बराहताल गाउँपाकिालको रानिघाटहुँदै सिरिचैरसम्म बिजुली बन्द हुने सुर्खेत वितरण केन्द्रले जनाएको छ।

यस्तै, शनिबार सोही समयमा पिपिरा फिडरअन्तर्गत दमारदेखि बड्डिचैरसम्म पनी लाइन मर्मत हुने भएकाले उक्त क्षेत्रमा पर्ने सबै विद्युत सेवा ६ घण्टाका लागि अवरुद्ध हुने छ। 

साथै प्राधिकरणले समयमै काम सकिए तोकिएको समयभन्दा अगाडि पनि बत्ती आउनसक्ने जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .