कर्णाली


रास्वापा कर्णाली प्रदेश अधिवेशन: पहिलो चरणको मतदान सकियो

रास्वापा कर्णाली प्रदेश अधिवेशन: पहिलो चरणको मतदान सकियो

नेपालखबर
असार २, २०८३ मंगलबार १५:३२, सुर्खेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मंगलबार बिहान ११ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजे सकिएको हो। 

सभापति र सदस्यहरूका लागि भएको पहिलो चरणको निर्वाचनका लागि ५७८ मतदाता मध्ये झण्डै ४०० मत खसेको निर्वाचन संयोजक भोलाप्रसाद दाहालले जानकारी दिए।

‘मतदान गर्नेहरूको संख्या हेर्दा करिब ४०० जति खसेको देखिएको छ। रेजा लगाउँदा केही मिस्टेक भएको पनि हुनसक्छ। मतदान गर्नेको संख्या एकिन गरेर फाइनल हुँदैछ’ उनले भने।

संयोजक दाहालका अनुसार मतगणनाका लागि बैठक बसिरहेको र बैठक समापनपछि मतगणना सुरु हुनेछ।

प्रदेश सभापति र प्रदेश सदस्य (क्षेत्रगत वा समावेशी)तर्फ पहिलो चरणको निर्वाचन भएको थियो।

सभापतिका लागि निवर्तमान सभापति मदन खड्का, निवर्तमान कोषाध्यक्ष स्नेहा उपाध्ययाले र नन्दकिशोर बस्नेत उम्मेदवार छन्। 

यस्तै, प्रदेश सदस्य (क्षेत्रगत वा समावेशी) खसआर्य, महिला तथा जनजाति तर्फ गरी १९ सदस्यका लागि निर्वाचन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad