शम्भुको परिवारमा श्रीमती पारु, छोरा कन्हैया र बुवा गंगु छन्। पारुको पेटमा हुर्किँदै गरेको बच्चा छ। उनीहरूसँग २ बिघा जमिन छ। तर गाउँमा लामो समयदेखि खडेरी परेको छ। शम्भुसहितका किसान संकटमा छन्।
जमिनदार ठाकुर हरनामको फराकिलो जग्गाको बीचमा छ शम्भुको २ बिघा जमिन। ठाकुर आफ्नो जग्गामा मिल खोल्न चाहन्छ। ठाकुर आफूलाई जग्गा बेच्न शम्भुलाई दबाब दिन्छन्। तर शम्भु यो चाहँदैनन्। त्यसपछि आफ्नो ऋण तिर्न भन्छन्, तर ऋण ६५ रुपैयाँबाट बढेर २३५ रुपैयाँ पुगेको छ। जुन तिर्ने ल्याकत शम्भुसँग छैन।
मुद्दा अदालतसम्म पुग्छन्। ३ महिनाभित्र ऋण तिर्न अदालतले आदेश दिन्छ। अनि शम्भु पैसा कमाउन कोलकत्ता जान्छन्, र त्यहीँबाट सुरु हुन्छ शम्भुको संघर्षको कथा।
बिमल रोयको सन् १९५३ मा आएको यो चलचित्रलाई दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छ। यो फिल्मले त्यतिबेलाको किसानको यथार्थ बताउँछ। फिलममा बलराम साहनीसहित निरुपा रोय, मुराद, मीना कुमारी, जगदीप र नाजिर हुसेनलगायततका कलाकार छन्।
यो फिल्मले त्यस समयमा विश्वभरि तारिफ पाएको थियो। फ्रान्सको प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा यो फिल्म उत्कृष्ट फिल्ममा मनोनीत भएको थियो।
विश्व प्रसिद्ध फिल्म फेस्टिभलमा अवार्ड जितेको यो फिल्मले २ राष्ट्रियसहित ११ वटा फिल्मफेयर अवार्ड प्राप्त गरेको थियो। भारतको फस्ट फिल्म अवार्ड १९५४ मा उत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पाएको थियो।
भिडिओ:
Shares

प्रतिक्रिया