कला


टेलर स्विफ्टको कन्सर्टका कारण गयो भुइँचालो

टेलर स्विफ्टको कन्सर्टका कारण गयो भुइँचालो

नेपालखबर
साउन १३, २०८० शनिबार १५:८,

अमेरिकी गायिका टेलर स्विफ्टले सियाटल सहरमा गरेको कन्सर्टका कारण भुइँचालो आएको एक भूकम्पविदले बताएका छन्। कन्सर्टका कारण २.३ म्याग्निच्युटको भूकम्प आएको उनको भनाइ छ।

जुलाई २२ र २३ का दिन लुमन फिल्डमा स्विफ्टको कन्सर्ट थियो। सो क्रममा सो भौगर्भिक हलचल भएको जनाइएको छ। 

सो भौगर्भिक हलचल स्विफ्टका प्रशंसक र साउन्ड सिस्टमका कारण आएको भूकम्पविद् ज्याकी कापालन अरबाखले बताएका छन्।

यसअघि सियाटलमा एक अमेरिकन फुटबल खेलका क्रममा दर्शकहरु चिच्याउँदा पनि भुइँचालो आएको थियो। २०११ को सो हलचललाई अहिलेको हलचलले जितेको बताइएको छ।

वेस्टर्न वासिङ्टन युनिभर्सिटीका प्राध्यापक कापलान अरबाखले सो खोलभन्दा यो कन्सर्टबीच ०.३ स्केलले ज्यादा भए पनि कम्पन दोब्बर बढी भएको बताएका छन्।

स्विफ्टले ती दुई रात १ लाख ४४ हजार दर्शकसामु गीत गाएकी थिइन्। बीबीसी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad