बलिउड निर्देशक महेश भट्ट हालै रियालिटी शो बिग बोस ओटीटी २ मा जेठी छोरी एवम् प्रतियोगी पूजा भट्टलाई भेट्न पुगे।
लामो समयपछि छोरीलाई भेटेर महेश निकै भावुक देखिए। यो भेटमा महेशले छोरी पूजासँगको सम्बन्धबारे कुरा गरे।
पूजाको जन्म हुँदा आफू आर्थिक संकटसँग जुधिरहेको महेशले बताए।
महेशले भने, ‘ठूलो भएपछि पूजा खराब समयमा परिवारको बल बनेकी छिन्। मोडलिङ गरेर परिवार चलाउन सघाएकी छिन्।’
महेशले पूजाको जन्म समयको कथा सुनाउँदै गर्दा सेटको माहोल निकै भावुक बनेको थियो।
२३ वर्षको उमेरमा महेश पूजाको पिता बनेका थिए। छोरीको जन्मबारे कुरा गर्दै महेशले भने, ‘पूजाको जन्म हुँदा म आर्थिक संकटबाट गुज्रिरहेको थिएँ। उनको जन्म हुँदा मैले धेरै मुस्किलले १५०० मिलाएको थिएँ। मेरो जीवनमा ठूलो परिवर्तनका लागि उनको जन्म भएको हो जस्तो लाग्यो। उनी मेरा लागि भगवानको उपहार जस्तै भइन्।’

महेश भट्टले पूजाको तारिफ गर्दै परिवारमा आर्थिक संकट परेको बेला उनले परिवारलाई सहयोग गरेको बताए।
उनी खराब समयमा परिवारको बल बनिन्। परिवारको खराब समयको बेला पूजाले मोडलिङमा करियर बनाउन पहल गरेको, धेरै विज्ञापनको लागि अडिसन दिएको र पूजा सफल भएकाले घर चलाउन सहज भएको महेशले बताए।
मोडलिङमा करिअर बनाएपछि पूजाले सन् १९८९ मा फिल्म ड्याडीबाट अभिनयमा डेब्यु गरेकी थिइन्।
यो फिल्म महेश आफैँले निर्देशन गरेका हुन्। फिल्ममा पूजाले एक नाबालिग केटीको भूमिका निर्वाह गरेकी छिन्, जसका बाबु रक्सीको लतमा छन्। फिल्ममा पूजाका पिताको भूमिका अनुपम खेरले निभाएका थिए।
Shares

प्रतिक्रिया