कला


काजिशको डान्स स्टेप : जसले नचाउँदै छ दर्शकलाई

काजिशको डान्स स्टेप : जसले नचाउँदै छ दर्शकलाई

नेपालखबर
साउन २४, २०८० बुधबार १२:२०, काठमाडौँ

काजिश श्रेष्ठले आफ्नो निर्देशकीय जीवनमा कति डान्सका स्टेप सिर्जना गरे। आफूले खोजेका डान्स स्टेप म्यूजिक भिडिओमा प्रस्तुत गर्न गर्नु परेको मिहिनेतको पसिना सुक्नै पाएको छैन उनको ज्यानबाट। 

धेरै मेहनत गरेका थुप्रै म्यूजिक भिडियो र तिनमा प्रयोग भएका डान्स स्टेप दर्शकले नोटिसनै गरेनन्। तर, काजिश निराश भएनन्।

जीवनमा कहिले काहिँ नसोचेको खुशी मिल्छ। मेहनत नै नगरेको कुरा सफल भैदिन्छ। हिजोआज काजिशको जीवनमा त्यस्तै भएको छ। 

उनले सिर्जना गरेको एउटा ‘डान्स स्टेप’ निक्कै लोकप्रिय भएको छ। टिकटकमा उक्त ‘डान्स स्टेपमा थुप्रै भिडिओ बनेका छन्। काजिश आफ्नै सिर्जना हेरेर मुस्कुराइरहेका छन्। 

‘तिमी र म जाम माया कहीँ  टाढा 
भो न बसम पीरैमा’

यही गीतमा प्रयोग भएको डान्स स्टेप फलो गर्दै दर्शकले टिकटक बनाइरहेका छन्। केही साताअघि मात्रै सार्वजनिक भएको गीतबाट लोकप्रिय भएको उक्त ‘डान्स स्टेप’का लागि काजिशले त्यति धेरै मिहिनेत गरेका थिएनन्। 

अझै भनौँ उक्त ‘डान्स स्टेप’ गीतमा राख्ने योजना नै थिएन। सुटिङ सेटमा थकाई मार्दै गर्दा सिर्जना भएको ‘डान्स स्टेप’ हो यो।  

पल शाह र रेनुका खड्काको अभिनय एवम् नृत्य रहेको गीतको भिडिओलाई काजिश श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। 

भिडिओमा काजिशले अभिनेता पललाई उक्त डान्स स्टेप’मा डान्स गराएका हुन्। काजिश भन्छन्, ‘यो डान्स स्टेप हाम्रो प्राक्टिसमा थिएन। सुटिङ सेटमै स्टेप निस्कियो। पलले पनि कस्तो राम्रो भन्नु भयो। त्यही स्टेप नै लोकप्रिय भइदियो। खुशी लागेको छ।’

अहिले यही स्टेपले दर्शकको मन तानिरहेको छ। त्यही डान्स स्टेप फलो गर्दै टिकटक प्रयोगकर्ताले भिडिओ बनाइरहेका छन्। टिकटक बन्न थालेसँगै गीतको म्युजिक भिडिओको भ्युज पनि बढेको काजिश बताउँछन्।

‘टिकटकमा अधिकांशले त्यही डान्स स्टेपमा भिडिओ बनाएको देख्दा एकदमै खुशी लागेको छ। यो गीत चल्नुमा डान्स स्टेपको पनि भूमिका ठूलो छ’ काजिशले सुनाए। 

गीतमा गोविन्द पंगेनीको शब्द एवं संगीत, शान्तिश्री परियार र सुमन बिटीको स्वर छ। अजय रेग्मीको छायांकन रहेको भिडिओलाई दीपक विष्टले सम्पादन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad